अजयमेरु सुदूरपश्चिमकै पहिलो ‘शून्य होम डेलिभरी’ सुनिश्चित गर्ने पालिका घोषणा

डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिका सुदूरपश्चिम प्रदेशमै पहिलो ‘शून्य होम डेलिभरी’ सुनिश्चित गर्ने पालिका भएको छ। बुधबार गाउँपालिकामा आयोजित एक कार्यक्रमका बिच सुत्केरी सेवा पूर्ण रूपमा संस्थागत बनाउने लक्ष्य पूरा भएको घोषणा गरिएको हो।

२०७४ सालमा पारित पहिलो नीति तथा कार्यक्रममा समावेश योजनाअनुसार लिएको गाउँपालिकाले यो लक्ष्य हासिल गरेको गाउँपालिका अध्यक्ष उमेश प्रसाद भट्टले बताउनुभयो। संस्थागत सुत्केरी सेवा सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा प्रमुख अतिथि डडेल्धुरा जिल्ला समन्वय समिति प्रमुख गगन सिंह भण्डारी रहेका थिए भने स्थानीय जनप्रतिनिधि,कर्मचारी,महिला स्वास्थ्य स्वयंसेविका लगायत सरोकारवालाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

SHIKHAR COOL TECH

कार्यक्रममा गाउँपालिका अन्तर्गतका महिला स्वास्थ्य स्वयंसेविका, नर्सिङ स्टाफ र स्वास्थ्य संस्था प्रतिनिधिहरूलाई सम्मान समेत गरिएको गाउँपालिका उपाध्यक्ष बसन्ती पालले बताउनुभयो। उनीहरूको निरन्तर परिश्रम, समर्पण र जनचेतनामूलक अभियानको परिणामस्वरूप अजयमेरुमा कुनै पनि महिला घरमै सुत्केरी हुने अवस्थाबाट मुक्त भएकोमा गाउँपालिकाले स-धन्यवाद सहित सम्मान समेत गरेको छ।

गाउँपालिकाले विगत केही वर्षदेखि सुरक्षित मातृत्व, नवजात शिशु स्वास्थ्य तथा स्वास्थ्य संस्थाको पहुँच विस्तारमा विशेष जोड दिँदै आएको छ। यस अवधिमा प्रत्येक वडामा रहेका महिला स्वास्थ्य स्वयंसेविकाहरूले गाउँगाउँमा पुगेर जनचेतना फैलाउनेदेखि लिएर जोखिमपूर्ण अवस्थामा महिलाहरूलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउन सक्रिय भूमिका खेलेका पालिकाले जनाएको छ। यस्तै, नर्सिङ स्टाफ तथा स्वास्थ्य संस्थाहरूले उच्च सेवा नैतिकता प्रदर्शन गर्दै हरेक सुत्केरी महिलालाई समयमै उपचार सेवा प्रदान गरेका छन्।

समारोहमा गाउँपालिका अध्यक्षले अजयमेरुको यो सफलतालाई सामाजिक उत्तरदायित्व र दूरदृष्टिपूर्ण नीतिका कारण यो उपलब्धि हाँसिल भएको बताउँदै सबै सरोकारवालालाई धन्यवाद व्यक्त गरेका छन । उनले सुरक्षित मातृत्वको सुनिश्चितता मात्र नभई महिला सशक्तीकरण र समुदायको समग्र स्वास्थ्य अवस्थाको उन्नयन नै मुख्य उद्देश्य रहेको स्पष्ट पारे।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार