अछाममा विद्यार्थीका लागि प्रोत्साहन प्याकेज

अछाम : अछामको रामारोशन गाउँपालिकाले विद्यार्थीका लागि प्रोत्साहन प्याकेज ल्याएको छ । गुणस्तरीय शिक्षाको सुनिश्चितता र विद्यार्थीको शैक्षिक स्तर अभिवृद्धिका लागि गाउँपालिकाले ‘शैक्षिक रुपान्तरण अभियान’मा विशेष जोड दिँदै प्याकेज ल्याएको हो । सोही अभियानअन्तर्गत यस वर्षको एसइई परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरुलाई सम्मान, नगद पुरस्कार र अभिमुखिकरण कार्यक्रममार्फत प्रोत्साहित गरिने भएको छ ।

यसै सन्दर्भमा यही असार २१ गते ग्रेडेड विद्यार्थीहरुलाई विशेष कार्यक्रममार्फत सम्मान तथा भविष्य निर्माणसम्बन्धी अभिमुखिकरण प्रदान गरिने भएको छ ।

Seti Hospital

गाउँपालिकाले शिक्षा क्षेत्रमा रुपान्तरण ल्याउने प्रतिवद्धतासहित काम गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले बताएका छन् । यो अभियानले गाउँपालिकाको शिक्षा क्षेत्रलाई गतिशिल बनाउने भण्डारीको विश्वास रहेको छ ।

गाउँपालिकाको निर्णय अनुसार यस शैक्षिक सत्रबाट कक्षा ६ देखि १० सम्म अध्ययन गरेर एसइईमा ए प्लस ग्रेड ल्याउनेलाई २० हजार र ए ग्रेड ल्याउनेलाई १० हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिने भएको छ ।

त्यस्तै, एसइईमा ननग्रेडेड विद्यार्थीहरुका लागि मौका परीक्षा तयारी गर्न गाउँपालिका भित्रका विद्यालयलाई ५० हजार रुपियाँ बराबरको आर्थिक सहयोग उपलब्ध गराइनेछ ।

यस अघि गाउँपालिकाले शिक्षा क्षेत्रमा लगानी अनुसारको प्रतिफल प्राप्त गर्नका लागि ‘रामारोशन शैक्षिक रुपान्तरण अभियान’ सञ्चालन गरेको थियो । शिक्षक, विद्यार्थी, अभिभावकलाई जिम्मेवार बनाएर शैक्षिक गुणस्तर सुधारमा गाउँपालिका केन्द्रित भएको थियो ।

संघ, प्रदेश र स्थानीय तहको शिक्षा क्षेत्रमा ठुलो लगानी भए पनि त्यसको प्रतिफल निकै कम भएकाले उपलब्धिमूलक गुणस्तरीय शिक्षा बनाउन अभियान सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले जानकारी दिए।

उनले भने, ‘‘विद्यार्थीको शैक्षिक गुणस्तर बढाउन गाउँपालिकासँग प्रत्येक विद्यालयका प्रधानाध्यापकको कार्य सम्पादन सम्झौता गरिएको छ ।’’ प्रधानाध्यापकले आफ्नो विद्यालयका प्रत्येक शिक्षकसँग कार्य सम्पादन सम्झौता गर्न थालेका छन् । कार्य सम्पादन सम्झौता अनुसार विद्यालयको आधारभूत आवश्यकता पूरा गर्न गाउँपालिका र शैक्षिक गुणस्तर सुनिश्चित गर्न प्रधानाध्यापकलाई जिम्मेवार बनाइएको छ । दोस्रोमा प्रधानाध्यापकले आफ्ना विद्यालयका सबै शिक्षकसँग सम्झौता गर्ने र विषय शिक्षकले गुणस्तरको अनिवार्य सुनिश्चित गर्नु नीति लिइएको थियो ।

भण्डारीले भने, ‘‘हाम्रा परीक्षा कस्ता छन् जनशक्ति कस्तो छ व्याचलर क्लियर गरेपछि त्यसले के–के गर्न सक्छ के–के गर्न सक्दैन हामी पढेर पनि फेरि अन्तिममा कुन देश तिर विदेशिनु पर्ने हो थाहा हुँदैन, हो त्यो भएर वास्तविक रुपमा गुणस्तरीय शिक्षाका लागि भनेको स्नातक तह पढेको मान्छे शिक्षक सेवा आयोगमा लडे पनि पास हुन पर्यो, सेना प्रहरीमा लागे पनि पास हुन पर्यो र लोकसेवा लडे पनि पास हुनु पर्यो ।’’

उनले गुणस्तरीय शिक्षा सबैको हक भएको बताउँदै यो विशेष अभियान तिव्र पारिएको बताएका छन् ।

शिक्षा, युवा तथा खेलकुद शाखाको समन्वयमा अघि बढाइएको यो कार्यक्रम रामारोशन गाउँपालिकाको शिक्षा सुधार योजनाको एउटा बलियो पाटो बन्ने अपेक्षा गरिएको छ । गाउँपालिकाले शैक्षिक अनुशासन, शिक्षकको उत्तरदायित्व र विद्यार्थीको प्रेरणामा केन्द्रित नीति कार्यान्वयन गर्दै आएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार