बर्खा सुरु भएसँगै बाजुराबासीलाई सडककै चिन्ता

धनगढी : बर्खा लागेसँगै बाजुरावासीलाई सडककै चिन्ता हुने गरेको छ । यहाँको साँफे मार्तडी सडकअन्तर्गतको बल्दे अम्मकोट र मार्तडी कोल्टी सडकको जिल्लीमा थोरै पानी परेपनि सडकमा पहिरो जाने गरेको छ ।

यता बाउली र अनाई बाउली र दानसाँगु खोलामा समेत पक्की पुल नहुँदा बर्खाको समय पानी परेपनि यहाँ खोला तर्न निकै समस्या हुने गरेको छ । पहिरोका कारण अवरुद्ध हुने सडक मर्मत तथा खोलामा पक्की पुल निर्माण नहुँदा बर्खाको समय सडक अवरुद्ध हुने गरेका हुन् ।

Seti Hospital

बर्खाको समय थोरै पानी परेपनि यहाँका विभिन्न ठाउँमा सडक भत्किने अवरुद्ध हुने गरेकाले यो वर्षको बर्खा लागेसँगै यहाँका स्थानीयलाई पनि सडकको चिन्ता थपिएको हो ।

हिउँदको महिना सडक सुचारु हुँदा कोटीदेखि मार्तडीसम्म आउजाउमा सहज हुने गरेको थियो । बर्खा सुरु भएसँगै यहाँ चल्ने बस जिप गाडी मार्तडीमै रोकिने गरेकाले आवतजावतमा समस्या हुने गरेको बुढीनन्दा नगरपालिका स्थानीय रामबहादुर कार्कीले बताए ।

यसरी सडक भत्किएर अवरुद्ध हुने गरेकाले यहाँका स्थानीयलाई कोल्टीदेखि मार्तडीसम्म आउजाउमा समस्या हुने गरेको कार्कीले बताए । मार्तडीदेखि कोल्टीसम्मको सडक निर्माण गर्न थालेको झण्डै बीस वर्ष हुन थाल्यो । अँझै यो सडकमा निर्माणको काम सकिएको छैन ।

मार्तडीदेखि ढम्कनेसम्म अलि सडक निर्माण गरेको भए पनि यो बिच बिचमा भने अँझै सडक मर्मतको काम अलपत्र परेको छ । ढम्कनेदेखि कोल्टीसम्मको सडकको अवस्था झन नाजुक छ । बिच बिचमा भत्किेन र पहिरो लाग्ने गरेकाले यो सडकको अवस्था दयनीय रहेको हो । यो सडकको बिचमा पर्ने दानसाँगु खोलामा अहिलेसम्म पुल परेको छैन । यहाँ पुल नपर्दा हिउँद बर्खामा गाडी गुडाउन निकै समस्या पर्ने गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार