कञ्चनपुर : कञ्चनपुरमा वडा अध्यक्षमाथि दुव्र्यवहार भएको छ । जिल्लाको भीमदत्त नगरपालिकाको आइतबार बसेको १२ औँ कार्यपालिका बैठकमा वडा १८ का अध्यक्ष रविन्द्रप्रसाद देवकोटामाथि कार्यपालिका बैठकमै दुव्र्यवहार गरिएको हो ।
भीमदत्त नगरपालिकाको विनियोजन विद्येयक र आर्थिक विद्येयक पास भएर योजना तर्जुमाको विषयमा छलफलका क्रममा वडा ११ का वडा अध्यक्ष प्रकाश थापाले आफूमाथि दुव्र्यवहार गरेको वडा अध्यक्ष देवकोटाले पत्रकार सम्मेलन मार्फत बताए ।
कार्यपालिकाको बैठक सञ्चालन कार्यविधि दफा १४ को उपदफा ४ ९४० मा बैठकमा भाग लिने सदस्यले बोल्ने पालो तथा बोल्न पाउने समयको अवधि बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्धारण गरे बमोजिम हुने उल्लेख छ ।
सोही कार्यविधि बमोजिम समय माग गरेर वडा नम्बर १८ स्थित खैरबट्टी र शुक्लाफाँटा निकुञ्जसम्मको बस्तीमा सडक कालोपत्रेको योजनाको विषय अगाडी सार्दैगर्दा वडा नम्बर ११ का अध्यक्ष प्रकाश थापाले आफूमाथि आपत्ति जनक शब्द प्रयोग गर्दे दुव्र्यवहार गर्नुभएको उनले बताए ।
बैठकमा वडाको योजनाको विषयमा बोल्ने क्रममा नियम विपरीत वडा अध्यक्ष थापाले आफूमाथि दुव्र्यवाह गर्नुभएको भन्दै उनले आपत्ति जनाए। कार्यपालिका बैठकमा असुरक्षाको महसुस गरेपछि वडा अध्यक्ष देवकोटाले बिचैमा कार्यपालिका बैठक छोडेका थिए ।
प्रतिक्रिया दनुहोस्