बाजुरामा खोलाले बगाउदा बेपत्ता पूर्व वडा सदस्य मृत फेला

बाजुरा : बाजुराको गौमुल गाउँपालिका–३ का पूर्व वडा सदस्य धनबहादुर बोहरा मृत अवस्थामा फेला गरेका छन। आइतवार दिउँसो घट्टको पात्थर ल्याउँने क्रममा गेरेनीखोला तर्ने बेला एकासी माथिबाट आएको बाढीले उनलाई बगाएको थियो। बाढीले बगाएर बेत्तपा भएका बोहराको शव गौमुल गाउँपालिकाकै आगर भन्ने ठाउँमा सोमवार बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

बेपत्ता उनलाई आइतवार स्थानीय र प्रहरीले खोजी गर्दा पनि भेटिएनन्। आज बिहान खोलामा पानीको बहाव घटेपछि उनी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी जनकबहादुर बोहराले बताए। उनले भने, “अहिले हामी घटना स्थलमा पुगेका छौँ। केही समयपछि उहाँलाई पोस्टर्माटमका लागि जिल्ला अस्पताल मार्तडीमा ल्याउने तयारी छ।”

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार