डोटी : डोटीको आदर्श गाउँपालिका –१ मौवामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। आदर्श गाउँपालिकाका अध्यक्ष गणेशबहादुर खड्काका अनुसार दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।
मौवाबाट सायल गाउँपालिका तर्फ जान लागेको जिप दुर्घटना भएको खड्काले बताए । जिपमा ८ जना सवारमध्ये दुई जनाको मृत्यु भएको हो । ६ जना घाइते भएका छन्। त्यसमध्ये ३ जना गम्भीर घाइते भएका छन् । तीन जनाको मौवामै उपचार भइरहेको छ भने केहीलाई डडेलधुरा पठाइएको खड्काले बताए ।
प्रतिक्रिया दनुहोस्