कञ्चनपुरमा बाढीबाट जोगाउन भरपर्दो तटबन्ध निर्माण

कञ्चनपुर : स्याली नदीको बाढीको उच्च जोखिममा रहेका शुक्लाफाँटा नगरपालिका–५ का बासिन्दालाई जोगाउन भरपर्दो तटबन्ध निर्माण गरिएको छ ।  नदीको चार ठाउँमा गरी दुई सय ३५ मिटर तारजाली र ढुङ्गाको प्रयोग गरी तटबन्ध निर्माण गरिएको छ । तटबन्ध निर्माण गरिएपछि एक सय ७५ बढी परिवारको बाढीबाट सुरक्षा भएको वडा अध्यक्ष चक्र बहादुर खड्काले बताए । 

‘स्याली नदीको बाढीले गर्जमुनी, खजुवा, बुढीनाला क्षेत्रमा बसोबास गर्ने बासिन्दाको जग्गा कटानी गरी क्षति पुर्‍याउँदै आएको थियो’, उनले भने, ‘सङ्घीय र प्रदेश सरकारको एक करोड चार लाख रुपैयाँ बजेटमा भूक्षय हुँदै आएको क्षेत्रमा तटबन्ध निर्माण गरेका छौँ ।’

Seti Hospital

तटबन्ध निर्माण भएपछि अब जग्गा नदीको बाढीले कटानी गरी बगाउने चिन्ता हटेको स्थानीय रमेश विकले बताए ।  ‘बर्सेनि नदीको बाढीले जग्गा कटानी गर्दा तटीय क्षेत्रका बासिन्दाले निकै समस्यामा थिए’, उनले भने, ‘तटबन्ध निर्माणले जग्गा मात्रै जोगिएको छैन, नदीकै कारण विस्थापनमा पर्ने सम्भावना टरेको छ ।’

थोरै रकमले तटबन्ध निर्माण हुन सक्ने अवस्था नभएपछि सङ्घीय र प्रदेश सरकारका सांसदले यस क्षेत्रको अनुगमन गरेपछि बजेटको व्यवस्था मिलाइ दिएको वडा सदस्य जयराज पाण्डेय बताए। 

वडाध्यक्ष खड्काका अनुसार तटबन्ध निर्माणको कार्यसँगै बैजनाथ आधारभूत विद्यालय राजपुर खजुवामा  ५० लाख रुपैयाँको लागतमा दुई सय मिटर लम्बाइको पर्खाल निर्माण, वडा कार्यालयमा ३५ लाख रुपैयाँको लागतमा सामुदायिक भवन निर्माण, शिव शक्ति माध्यमिक विद्यालयमा२० लाख रुपैयाँको लागतमा पर्खाल निर्माण र गर्जमुनिमा  ३५ लाख रुपैयाँको लागतमा भगवतीको मन्दिरसँगै गेट निर्माणको कार्य गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार