कञ्चनपुरमा लागूऔषधसहित ३ जना पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका–११ गड्डाचौकी स्थित नेपाल भारत सिमाना ७ नम्बर पिल्लर नजिकबाट भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको अवस्थामा भीमदत्त नगरपालिका–६ बस्ने २६ वर्षीय राजेश गुरुङ पक्राउ परेका छन्।

Seti Hospital

गुरुङलाई १ ग्राम २२० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

यस्तै बेलौरी नगरपालिका–७ खैराना स्थित कलकत्ता बेलौरी सडक खण्डबाट पुर्नवास नगरपालिका–१ पुरैना बस्ने ३८ वर्षीय कञ्चनजंग चौधरी र २२ वर्षीय अर्जुन राना लागूऔषधसहित पक्राउ परेका छन्। यी दुबै जनालाई शुन्य दशमलव ९१ ग्राम लागूऔषध खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार