बाजुराको बोहराबाडामा १७ वर्षीया किशोरीको रहस्यमय मृत्यु

बाजुरा : बाजुराको बुढीगंगा नगरपालिका–६, बोहराबाडामा एक  मृत फेला परेकी छन्। आइतबार राति घर नजिकै साेही गाउँकी १७ वर्षीया किशोरी  मिना बोहरा झुण्डिएको अवस्थामा फेला परेकी हुन्।

परिवारका अनुसार मिना बोहराले राति करिब ११ बजे आफ्नी आमालाई फोन गरी आफू साथीहरूका साथ रहेको र घर नआउन अनुरोध गरेकी थिइन्। तर राति करिब १ बजे उनी आफ्नै घरको छेउमा झुन्डिएको अवस्थामा भेटिएकी बताएका छन। घटनाको जानकारी सोमबार बिहान करिब ५ बजे मात्र परिवारलाई भएको थियो।

मिनाका बुबा सुरेश बोहरा र आमा जानकी बोहराले छोरीको मृत्युलाई रहस्यमय भन्दै गहिरो छानबिनको माग गरेका छन्। “छोरीको मानसिक अवस्था सामान्य थियो, आत्महत्या गर्ने कुनै संकेत थिएन,” आमा जानकीको भनाइ रहेकाे छ।

घटनापछि स्थानीय प्रहरी घटनास्थल पुगेको थियो र आवश्यक अनुसन्धान अघि बढाइएको छ। शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइने प्रहरीले जनाएकाे छ ।   स्थानीयले पनि  उनीहरूले सत्यतथ्य बाहिर ल्याउन र दोषी उम्कन नदिन प्रहरी प्रशासनलाई आग्रह गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार