अत्तरिया बसपार्कमा चोरी गर्ने दाङका ३ जना पक्राउ

भक्तराज जोशी

अत्तरिया – कैलालीको अत्तरिया बसपार्कमा चोरी गर्दै आएका दाङका ३ जना पक्राउ परेका छन । बसपार्कमा चोरी गर्दै आएको आरोपमा प्रहरीले दाङको तुल्सिपुर नगरपालिका – ७ शारदानगर घर भई धनगढीको ज्ञानु प्लाजामा बस्दै आएका ३२ वर्षीय कैलाश नेपाली, ४२ वर्षीय अर्जुन बादी र ४२ वर्षीय कृष्ण बिकलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट बिभिन्न मितिमा चोरी गरिएका २ थान नौगेडि, सानो र ठुलो गरि २ थान तिलहरी र १ थान गलोबन्दी बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रण बहादुर चन्दले बताए । उनीहरुलाई बिहिबार राती इलाका प्रहरी कार्यालय मालाखेतीबाट डीएसपी चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार