ससुराले धम्क्याएर १ वर्षसम्म गरे बलात्कार, जब श्रीमान् भारतबाट अछाम पुगेर श्रीमतीको मोबाईल खोले…

अछाम : अछाम जिल्लाको चौरपाटी गाउँपालिका–१ का एक पुरुषलाई जबरजस्ती करणी (ज.ज.क.) को आरोपमा प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार परिवर्तित नाम ६९ मंगलसैन ११७ ले मंगलसैनमा बसोबास गर्ने एक महिलामाथि विगत एक वर्षदेखि पटक–पटक जबरजस्ती करणी गर्दै आएका थिए। उनले मिति २०८२ साल वैशाख २८ गते बिहान करिब ११:३० बजे ती महिलालाई कुटपिट गरी डरधम्की देखाउँदै घरभित्र पसेर समेत जबरजस्ती करणी गरेको आरोप लागेको छ।

पीडित महिलाले वैशाख ३१ गते जिल्ला प्रहरी कार्यालय अछाममा जाहेरी दर्ता गराएकी थिइन्। सोही उजुरीका आधारमा प्रहरीको टोलीले जेठ ३ गते अभियुक्तलाई पक्राउ गरी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

हाल पक्राउ परेका व्यक्तिलाई प्रहरी हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

स्रोतका अनुसार युवक र युवतीको बुहारी नाता पर्दछ।
प्रहरी स्रोतकाअनुसार थापाले महिलासँग अनैतिक सम्बन्ध राखेको अश्लील फोटो र भिडियो म्यासेन्जरमार्फत पठाएका थिए। उक्त फोटो र भिडियो महिलाका श्रीमानले देखेपछि घटना बाहिर आएको हो।

भारतमा रोजगारी गर्दै आएका श्रीमान केही समयअघि मात्र अछाम फर्किएका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

17%

अचम्मित

17%

उत्साहित

33%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार