बलात्कारको आरोप लागेका बैतडीका मोहन बहादुर चन्द पक्राउ

अछाम : जबरजस्ती करणी, मानव बेचबिखन तथा शरीर बन्धक मुद्दामा फरार रहेका एक जनालाई पक्राउ गरिएको छ । लाई प्रहरीले अछामबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बस्ने २३ वर्षीय मोहन बहादुर चन्द रहेका छन् ।

चन्दले परिवर्तित नाम ६९ मंगलसेन ६४ की युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा २०८१ साल माघ ४ गते जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरिएको थियो। घटना भएको मिति देखिनै फरार रहेका चन्दलाई खोजतलास गर्ने क्रममा प्रहरीलाई विशेष गोप्य सूचनाका आधारमा अछामको पञ्चदेवल बिनायक नगरपालिका–५ लयाटीस्थित आफन्तको घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।

SHIKHAR COOL TECH

अछामका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) ईश्वरी प्रसाद भण्डारीले बिहीबार साँझ ५ बजे खटिएको प्रहरी टोलीले चन्दलाई पक्राउ गरेको जानकारी दिए । उनलाई हाल जिल्ला प्रहरी कार्यालय अछामको हिरासतमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार