डोटीको एसआर–६ जलविद्युत् आयोजना स्थलमा भारतीय टोली

डोटी : डोटीको सेती नदी–६ (एसआर–६) जलाशययुक्त जलविद्युत् परियोजना स्थलमा भारतीय टोली पुगेको छ।

विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)को अध्ययन –अनुगमनका लागि भारतीय कम्पनीको टोली परियोजना स्थलमा पुगेको हो।

डोटीको बोगटान फुड्सिल गाउँपालिका स्थित निर्माणको चरणमा रहेको परियोजनाको डिपिआर अनुगमनको लागि भारतीय सरकारबाट जिओलोजिकल सर्भे अफ इन्डियाका डाइरेक्टर नितु चौहान, एनएचपिसी कम्पनीका परियोजना प्रमुख प्रकाश चन्द्र उपाध्याय तथा एसआर–६ परियोजनाका महाप्रबन्धक अजय बर्मासहितको टोली पुगेको बोगटान फुड्सिल गाउँपालिकाले जनाएको छ।

चार सय ५० मेगावाट क्षमता रहेको जलाशययुक्त आयोजनाको हाल विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) निर्माणको काम हुँदैछ। परियोजना निर्माण कार्य भारतीय कम्पनी एनएचपिसीले गरिरहेको छ। अनुगमनको लागि बोगटान फुड्सिल गाउँपालिकामा पुगेको टोलीको गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षले स्वागत गरेको छ। अनुगमन टोलीको स्वागत गर्दै पालिका अध्यक्ष कमलबहादुर गड्सिलाले परियोजना निर्माण कार्यमा जुनसुकै किसिमको सहयोग गर्न पालिका तयार रहेको बताएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार