दाङ : दाङको तुलसीपुरमा विद्यार्थीको खुँडा प्रहारबाट शुक्रबार एक शिक्षक घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका-६ स्थित हिमाल बोर्डिङ स्कुलका शिक्षक तुलसीपुर-६ रजौराका ३७ वर्षीय विशेष श्रेष्ठमाथि स्कुल परिसरभित्रै खुँडा प्रहार भएको हो ।
१२ कक्षामा अध्ययनरत तुलसीपुर-४ रक्षाचौरका १८ वर्षीय सुरेश सुनारले एक्कासि धारिलो खुँडा प्रहार गरी शिक्षकलाई घाइते बनाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी अनिल ठकुरीले बताए ।
केही दिनअघि शिक्षकले कुटेको भन्दै विद्यार्थीले बदला लिन खुँडा प्रहार गरेको बुझिएको प्रहरीले जानकारी दिएको छ । घाइतेको राप्ती लाइफ केयर अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दनुहोस्