बाजुरा : बाजुराको पूर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका वडा नं –४ फैतीकी मनपुरा मल्लले कुवेतबाट नेपालमा उद्धार गरिदिन विभिन्न सहयोगी मनहरूमा आग्रह गर्दै आएकी छन । २०८० साल तिर धन कमाउन भन्दै कुवेत उडेकी मल्ल त्यहाँ पुगेको दुई वर्षपछि बिरामीले थला परेपछि अहिले उनले सामाजिक सञ्जालमार्फत कुवेतदेखि नेपालमा उद्धारको माग गर्दै आएकी हुन ।
बिरामीले थला परेको दुई महिना भएपनि उपचारका लागि आफन्त कोही नभएकोले कुवेतबाट नेपाल उद्धार गरिदिनका लागि सबैमा आग्रह गर्दै आएको मल्लले बताईन । ‘मैले कम्पनीको काम छोडेको पनि एक महिना भयो । आफू सँग न पैसा छ नत कोही सहयोग गर्ने आफन्त नै छ । मैले यो बिरानो देशमा मर्नुभन्दा नेपालमै मर्न चाहेकाले मलाई यहाँदेखि नेपाल लगिदिन सबैमा आग्रह गरेकी हुँ’ उनले भनिन् ।
सबैलाई अनुरोध गर्दा पनि अहिलेसम्म कुवेतबाट कसैले उद्धार नगरेकोले सामाजिक सञ्जालमार्फत नेपाल सरकारलाई उद्धारका लागि आग्रह गरेको उनि बताउँछन । धन कमाएर घरपरिवारलाई खुसी पारौंला भन्ने सोचमा कुवेतमा पुगेकी मल्ललाई अहिले आफ्नै ज्यान जोगाउन निकै सकस भएको छ । उनलाई यतिबेला न त उपचार गर्न पैसा छ न त नेपालमा फर्काइदिन कम्पनीको सहयोग मिलेको छ
त्यसैले कुनै विकल्प नभएपछि यतिबेला उनले सामाजिक सञ्जालमार्फत कुवेतदेखि नेपाल फर्काइदिन सबैमा आग्रह गर्दै आएकी छन् । रहरले नभई बाध्यताले कुवेतमा पुगेकी मल्ल अहिले त्यहाँ जीवन मरणको दोधारमा बाँच्न बाध्य छन् ।
प्रतिक्रिया दनुहोस्