प्रचण्ड आज कञ्चनपुरमा, यस्ता छन कार्यक्रम

कञ्चनपुर : जनतासँग माओवादी तराई–मधेस जागरण अभियान अन्तर्गत नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कञ्चनपुरमा पुगेका छन्।

हुलाकी राजमार्ग केन्द्रित अभियान अन्तर्गत उनी सहभागी बुधबार बिहानैदेखि कञ्चनपुरमा विभिन्न कार्यक्रमहरू भइरहेका छन्। एकाबिहानै नियमित कार्यक्रम अन्तरगत मर्निङ वाकमा हिडेका प्रचण्ड पुनर्वासमा सहिद परिवारसँग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।

SHIKHAR COOL TECH

बिहान ९ बजे बेलौरीस्थित रामनगर खानेपानी आयोजना उद्घाटन गर्ने, त्यसपछि बेलौरीको शोभातालस्थित सहिद स्मारकमा माल्यार्पण र शोभाताल क्षेत्रको अवलोकन गर्ने बिहान १०ः१५ बजेदेखि ११ बजेसम्म बेलौरी नगरपालिकाको सभाहलमा विशेष स्वागत तथा अन्तक्र्रिया कार्यक्रम आयोजना गरिने छ भने त्यसलगत्तै कलकत्ता हाटबजारको अवलोकन र बेलडाँडीमा कोणसभा हुने जनाइएको छ।

बुधवारनै महेन्द्रनगर बजारमा रहेको संविधान चोक स्मारकमा पुगेर हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेस जागरण अभियानको समापन गरिने कार्यक्रम रहेको छ। नेकपा माओवादी केन्द्रले गत फागुन १२ गतेका दिन झापाबाट उक्त अभियानको सुरुवात गरेको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार