डोटी : डोटीमा सर्पले डस्दा एक बालक घाइते भएका छन् । केआई सिंह गाउँपालिका–६ भिटाडी सलेना बस्ने भीम भुलका छोरा १३ वर्षीया रोहितलाई सर्पले डस्दा घाइते भएका हुन ।
घर नजिकैको चम्तडी खोलामा माछा मार्ने क्रममा बायाँ हातमा सर्पले डसेर रोहित घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
घाइते रोहितको सुजङ अस्पताल राजपुरमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दनुहोस्