बाजुरा : सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले असीमित आवश्यकतामा सीमित बजेट भएको बताएका छन्।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, बाजुराले आयोजना गरेको रक्तसञ्चार केन्द्र उद्घाटन तथा रक्तदान कार्यक्रममा मन्त्री खड्काले प्रदेशमा विकास निर्माणका योजनाको आवश्यकता बढी भएको र बजेट सीमित मात्रामा भएकाले कतिपय आवश्यकताका योजना समावेश गर्न नसकिएको बताए।
प्रदेश सरकारलाई सङ्घीय अनुदान र ससर्तका बजेट घट्दै आएकाले आवश्यकताअनुसार बजेट विनियोजनमा समस्या भएको उनले बताए। सुदूरपश्चिम प्रदेशसभा सदस्य जुनाकुमारी दानीले स्वस्थ नागरिक बनाउनका लागि समुदायस्तरमा जनचेतना फैलाउनुपर्ने बताइन। उनले जनप्रतिनिधि, कर्मचारी र राजनीतिक दलहरुबिच समन्वय र सहकार्य आवश्यक रहेको औँल्याए।
प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले अस्पतालभित्रै रक्त सञ्चार केन्द्र स्थानीय गरी सञ्चालनमा आएकाले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। बडीमालिका नगरपालिकाका पूर्व नगरप्रमुख तथा नेपाली काँग्रेस बाजुराका उपसभापति पदम बडुवालले अब तीनवटै तहका सरकारले पाँच वर्षीय रणनीति बनाउन आवश्यक रहेको बताए।
प्रतिक्रिया दनुहोस्