सुदूरपश्चिम विश्वविद्यालयविरुद्ध आन्दोलन गर्ने निर्माण व्यवसायी संघ कञ्चनपुरको चेतावनी

कञ्चनपुर : निर्माण व्यवसायी संघ कञ्चनपुरले सुदूरपश्चिम विश्वविद्यालयविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । विश्वविद्यालयले निर्माण व्यवसायीको भुक्तानी नदिएको भन्दै उनिहरुले आन्दोलनको चेतावनी दिएका हुन ।

संघले आइतबार निर्माण व्यवसायी संघको कार्यालयमा पत्रकार सम्मेलन गरी सात दिनको अल्टिमेटम दिएर विश्वविद्यायको केन्द्रीय कार्यालय सहित बाँकी तालाबन्दी गर्ने चेतावनी दिएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. हेमराज पन्तले नयाँ रजिष्ट्रार नियुक्त भएपछि छिटो भुक्तानी दिने आश्वासन दिएकाले सात दिनपछि तालाबन्दी गरिने संघका अध्यक्ष निरञ्जन प्रसाद भट्टले बताए । विश्वविद्यालयसित भुक्तानीका लागि पटक पटक आग्रह गरिए पनि आलटाल गरी व्यवसायीलाई मार्कामा पार्ने कार्य गरेको अध्यक्ष भट्टले बताए ।

Seti Hospital

विश्वविद्यालयको केन्द्रीय कार्यालय भवन, व्यवस्थापन संकाय र इन्जिनियरिङ्ग संकाय भवन निर्माणको भुक्तानी दिन बाँकी छ । संघका अनुसार इन्जिनियरिङ्ग संकाय एमके बिल्डर्सलाई १ करोड २० लाख, केन्द्रीय कार्यालय भवन निर्माणमा कुमार अमृत जेभी १ करोड ४५ लाख र व्यवस्थापन संकाय भवन निर्माण प्रशंसा कन्स्ट्रक्सनलाई १ करोड ४७ लाख भुक्तानी दिन बाँकी छ ।
संघका केन्द्रीय सदस्य प्रेम प्रकाश भट्ट सहित संघका पदाधिकारी, व्यवसायी सहभागी पत्रकार सम्मेलनमा उनीहरुले व्यवसायीलाई चौतर्फी मारमा पार्ने कार्य हुँदै आएको भन्दै चिन्ता व्यक्त गरे । संघले यस अघि गत साउनमा भुक्तानी नपाएपछि केही सरकारी कार्यालयमा तालाबन्दी गरेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार