डोटीमा अस्थायी पर्यटक प्रहरी पोष्ट स्थापना

डोटी : डोटीमा पहिलोपटक अस्थायी पर्यटक प्रहरी पोष्ट स्थापना गरिएको छ । खप्तड र आसपासका पर्यटकीय क्षेत्रमा घुम्न आउने पर्यटकहरूको सुरक्षाको लागि डोटीको दिपायल सिलगढी नगरपालिकामा अस्थायी पर्यटक प्रहरी पोष्ट स्थापना गरिएको हो ।

प्रहरी सहायक निरीक्षक रमेश भट्टराईको कमान्डमा ७ जना प्रहरी राखेर पोष्ट स्थापना भएको छ । पर्यटकहरू माथि दुव्र्यवहार हुन नदिने, सुरक्षित अनुभूति गराएर बसाइँ लम्ब्याउने वातावरण बनाउने, आपराधिक क्रियाकलापमा संलग्नलाई नियन्त्रणमा लिने र पर्यटकहरूलाई गाइड गर्ने उद्देश्यले दिपायल सिलगढी नगरपालिकाको पहल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगमा प्रहरी पोष्ट स्थापना गरिएको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाँजिसिंह खड्का (विजय) ले बताए ।

Seti Hospital

उनले खप्तड राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा भ्रमण गर्न आउने आन्तरिक तथा बाहृय पर्यटकहरूको सुरक्षाका लागि पर्यटक प्रहरी पोष्ट स्थापना गरिएको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार