बाजुरा : बाजुरामा चट्याङ लागेर ९ महिने नाबालिकाको मृत्यु भएको छ।भने आमा घाइते भएकी छन्।
बुधवार राति ९ बजेको समयमा बुढीगंगा नगरपालिका–१ तल्लो कुडीमा चट्याङ लागेर बिरु सार्कीकी नौ महिने छोरीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार घरमा चट्याङ पर्दा नाबालिकाको घटनास्थलमै मृत्यु भएको र मृतक नाबालिकाकी आमा अन्दाजी २८ वर्षीया सन्जीता सार्की घाइते भएकी छन्। सन्जीताको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
प्रतिक्रिया दनुहोस्