काठमाडौं : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई फोहोर गरियो भनेर पत्र नकाट्नका लागि आग्रह गरेका छन्।
सम्बोधन सकेर मञ्चमा आसन गर्न पुगेका लिङ्देन फेरि फर्किएर माइकमा बोल्दै भने,‘दुईटा सूचना छ। बालेनजी धेरै हिरो बनेर पत्र नकाट्नुहोला अनि साथीहरुले फोहोर नगरिदिनुहोला। आफैं सफा गर्नुहोला।’
त्यसपछि महामन्त्री राजेन्द्र गुरुङले बालेनलाई पत्र काट्ने रोग लागेको भन्दै चार बजेका लागि महानगरको फोहोर उठाउने गाडी बोलाएको जानकारी दिए।
प्रतिक्रिया दनुहोस्