युवा संघले भलिबल प्रतियोगिता गर्दै

धनगढी : धनगढीमा युवा संघले भलिबल प्रतियोगिता गर्ने भएको छ।

राष्ट्रिय युवा संघ, नेपाल, सुदूरपश्चिम प्रदेश कमिटीले २ लाख २५ हजार पुरस्कार रहेको भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको हो।

Seti Hospital

युवा संघले चैत २९ गतेदेखि वैशाख २ गतेसम्म धनगढी रङ्गशालामा खुल्ला पुरुष भलिबल प्रतियोगिताको आयोजना गर्दैछ। राष्ट्रिय युवा संघ, नेपाल सुदूरपश्चिम प्रदेश कमिटीले २ लाख २५ हजार प्रथम पुरुरकार, एक लाख २५ हजार दोस्रो र ७५ हजार तेस्रो हुने टोलीले पुरस्कार पाउने बताएको छ। चैत १९ गतेबाट सञ्चालन हुने भनिएको भलिबल प्रतियोगिता स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका कारण स्थगित गरिएको थियो। लागुऔषध विरुद्धको अभियानका रूपमा युवा संघले खेलकुदलाई जोड्न प्रतियोगिताको आयोजना गर्न लागेको बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार