बझाङकि विद्यार्थी आकांक्षाले पहिल्यै भनेकि थिईन ‘म बाँच्नुको अर्थ छैन्’, विज्ञानको पेपर विग्रिएको थियो

बझाङ : मंगलबार साँझ बझाङकी १७ वर्षीया किशोरी आकांक्षा मल्ल मृत फेला परिन् । उनी आफ्नै घरमा मृत फेला परेकि हुन् । बझाङको केदारेस्युँ गाउंपालिका–१ कि मल्ल आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकि हुन् ।

जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर उनी घर फर्केकी मृत फेला परेकी हुन्। मल्ल मंगलबार अनिर्वाय बिज्ञान विषयको परीक्षा दिएर घर फर्केकी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज भण्डारीले बताए । तर उनी सोहि साँझ मृत फेला परेकि हुन् ।

Seti Hospital

’बिहान परीक्षा दिएर फर्केकी उनी बेलुका झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन्, डीएसपी भण्डारीले भने, “सुसाइट नोट पनि फेला परेको छ । त्यसमा अरु कसैको कारणले नभई आफ्नै कारणले आत्महत्या रोजेको लेखिएको छ। तर कारण भने उल्लेख गरिएको छैन् ।’’

के थियो सुसाईट नोटमा

उनले आत्महत्या गर्नु भन्दा पहिले सुसाइट नोट पनि लेखेकि थिईन् । उनले सो नोटमा कसैको कारणले नभइ आफ्नै कारणले आत्महत्या गरेको उल्लेख गरेको गर्जेपानी मावि रायलका प्रधानाध्यापक डम्बर मल्लले बताए । आमाबुवाको सपना पुरा गर्न सकिन । म कसैको कारणले होईन मलाई एक प्रतिशत पनि बाँच्ने रहर छैन् । आमाको ख्याल गर्नु ड्याडि भनेर लेखेको उनले बताए ।

उनी पढाइमा राम्रै विद्यार्थी भएको प्रधानाध्यापक डम्बर मल्लले बताए । उनले भने, “उनी कसै संग पनि खासै घुलमिल हुनसक्थिनन् । उनी जहिले पनि एक्लो बस्न रुचाउने । कसैसंग पनि धेरै घनिष्ट नहुने किसिमको थिईन् । उनीमा एक्लोपना थियो ।’’

पहिल्यै आफ्ना साथिहरुलाई म बाँच्नुको अर्थ छैन भनेकि थिइन्

आकांक्षाले ८ कक्षासम्म धनगढीमा बोर्डिङ पढेकि थिइन् । उनी पछि गाउँकै सामुदायीक विद्यालयमा ९ मा भर्ना भइन् । केदारस्यूँ गर्जेपानी मावि रायलमा उनी अध्यनरत थिइन् । उनले पहिल्यै आफ्ना साथिहरुलाई पनि जानकारी गराएको बताइएको छ ।

परिक्षा विग्रिएपछि उनले आफ्ना साथिलहरुलाई म बाँच्नुको कुनै अर्थ छैन भनेकि थिइन् ।

डम्बर मल्लले भने, “विज्ञानको परिक्षा सकिने वितिक्कै उनले आफ्ना केहि साथिहरुलाई मेरो पेपर विग्रियो म बाँच्नुको कुनै अर्थ नै छैन् भनेकि रहिछन् । मजाक जस्तो ठानिएपनि उनले अन्त्यमा घरमा कोहि नभएको समयमा उनले आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरिन् ।’’

आकांक्षाका बुवा उक्त विद्यालयका शिक्षक समेत हुन् भने उनी लेखक संघ बझाङका अध्यक्ष पनि हुन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार