मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

अछाम : अछाममा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन्।

अछामको मंगलसैन नगरपालिका–५ स्थित खाध्या मोड नजिकै मध्य पहाडी लोकमार्गमा ठुलासेनबाट मंगलसैन तर्फ जादै गरेको से ७ प १४६९ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा चालक मंगलसैन नगरपालिका–१ कुन्ति बस्ने २० वर्षीय जिवन थापाको मृत्यु भएको हो। दुर्घटना हुँदा थापा घाइते भएपछि उपचारको लागि जिल्ला अस्पताल मंगलसैनमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

Seti Hospital

मोटरसाइकलमा पछाडी सवार सोही ठाउँ बस्ने १७ वर्षीय चेतन थापा घाइते भएका छन्। चेतनको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचार भईरहेको प्रहरीले जनाएको छ। मोटरसाईकल अनियन्त्रित भई सडकबाट अन्दाजी ३५ मिटर तल तल्लो मोडमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार