कञ्चनपुरमा स्कुटर र ट्याक्टर ठोक्किदा एक जनाको मृत्यु

कञ्चनपुर : कञ्चनपुरमा स्कुटी र ट्याक्टर ठोक्किदा एक जनाको मृत्यु भएको छ।

जिल्लाको भीमदत्त नगरपालिका–११ बरेली टोल स्थित भित्री सडक खण्डमा म १ त १०२० नम्बरको ट्याक्टरमा सोही दिशा तर्फ जादै गरेको सुदूरपश्चिम प्रदेश ०२–००३ प ६७३२ नम्बरको स्कुटर ट्याक्टरको पछाडी ठोक्किदाँ शनिवार एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा स्कुटरको पछाडी सवार भीमदत्त नगरपालिका–११ का ४० वर्षीय प्रेम गिरी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Seti Hospital

दुर्घटनामा गिरी घाइते भएका र उनको उपचारको क्रममा मृत्यु भएको जनाइएको छ। स्कुटर चालक भीमदत्त नगरपालिका भुजेला बस्ने ४२ बर्षीय सन्तोष कुँवरलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार