बालुवा खन्याउँदै गरेको टिपरमा करेन्ट लागेर सहचालकको मृत्यु

काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिका–७ मूलपानीमा करेन्ट लागेर गए राति टिपरका सहचालकको मृत्यु भएको छ।

 मूलपानीबाट अमरसिंह थापा चोक जाने सडकमा बा प्र ०३–००१ ख १३३८ नम्बरको टिपरबाट बालुवा खन्याउने क्रममा बिजुलीको खम्बाको तार सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएका सहचालक १५ वर्षीय सुमन खड्काको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

Galaxy

 रामेछापको मन्थली नगरपालिका–७ का खड्कालाई उपचारका लागि शङ्खरापुर अस्पताल नारायणटारतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

 त्यस्तै, प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–१६ बालाजु वसन्तनगर गुम्बा नजिक एक व्यक्ति मृत फेला परेका छन्। नुवाकोटको ढिकुरे घर बताउने अन्दाजी ३६ वर्षीय नरेन्द्र बाँनिया आज मृत फेला परेका हुन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार