तरकारीको ‘हाइब्रिड’ बीउ उत्पादन सुरु

डडेल्धुरा : डडेल्धुरामा तरकारीको ‘हाइब्रिड’ बीउ उत्पादन सुरु गरिएको छ। डडेल्धुरास्थित तरकारी जर्मप्लाज्म सम्बद्र्धन तथा बीउ उत्पादन केन्द्रले यस वर्षबाट बिउ उत्पादन सुरु गरेको हो।

मूल बीउ उत्पादन गर्ने उद्देश्यका साथ विसं २०४३ सालमा स्थापना भएको केन्द्रमा पहिलोमूल बीउसँगै श्रृजना जातको टमाटर र मधु जातको काक्राको उत्पादन सुरु गरिएको केन्द्र प्रमुख तारिसिंह ठकुराठीले बताए।

Galaxy

यस वर्ष टमाटरको बीउ १० देखि १२ किलोग्रामसम्म र काक्राको बीउ १० देखि १२ केजीसम्म उत्पादन हुने अनुमान गरिएको र उत्पादन भएको बीउ स्थानीयस्तरका साथै सुदूरपश्चिम प्रदेशका अन्य जिल्लामा बिक्रीवितरण गर्ने योजना रहेको उनले बताए।

सुदूरपश्चिममा पहिलो पटक उत्पादन सुरु गरिए पनि अन्य प्रदेशमा भने सरकारी फार्ममा हाइब्रिड बीउ उत्पादन भइरहेको केन्द्र प्रमुख ठकुराठीले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार