बैतडी : बैतडीमा बाघले आक्रमण गरि एकै किसानका ६ वटा बाख्रा मारेको छ। आइतबार राती बाघले जिल्लाको पाटन नगरपालिका-२ सिन्टोल्का शंकर महराका ६ वटा बाख्रा मारेको हो।
खोर भित्रै बसेर बाघले ६ वटा बाख्रा मारेर लगेको किसान महराले बताएका छन्। ५ वटा बाख्रा घर नजिकैको खोलामा मरेको अवस्थामा भेटिएका र एक बाख्रो नभेटिएको महराले बताएका छन्।
पाटन-२ का रिसेडी लगायतका अन्य टोलहरुमा पनि बाघले दिनहु चौपाया मारिरहेको भुमिराज आधारभूत विधालयका प्रधानाध्यापक कमल सिंह महराले जानकारी दिए। पाटन-८ कै सल्माडीमा पनि बाघले बाख्रामाथी आक्रमण बढाइरहेको स्थानीय लोकेन्द्र बिष्टले बताए।




प्रतिक्रिया दिनुहोस्