धनगढीः भीमदत्त राजमार्गको डोटीमा कार र स्कुटर ठोकिएका छन। जिल्लाको जोरायल गाउँपालिका–१ गोगन पानीमा कार र स्कुटर ठोकिएका हुन्।
जिल्ला प्रहरी कार्यालय, डोटीले दीपायलबाट कञ्चनपुर आउदै गरेको म.प्र ०३–०३२ प ४०६६ नम्बरको स्कुटर र से १ च ९८७ नम्बरको कार आपसमा ठोकिएका बताएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका–४ शान्तिपुरका ३२ वर्षीया पूजाकुमार अधिकारीले चलाएको स्कुटर र धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीका ४६ वर्षीय दीपक ऐरले चलाएको कार एक आपसमा ठोकिएका हुन। स्कुटर चालक अधिकारीको हाट, खुट्टा र घुँडामा चोट लागेको छ। उनको डडेल्धुरा अस्पतालमा उपचार हुँदैछ।
प्रतिक्रिया दनुहोस्