भूमि आयोग कैलालीका विज्ञ सदस्य एक लाख नगदसहित सम्मानित

धनगढी : भूमि आयोग कैलालीका विज्ञ सदस्य कमल सिंह राना एक लाख नगदसहित सम्मानित भएका छन्।

नेपाल प्रज्ञा प्रतिष्ठानले रानालाई नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कारबाट शुुक्रवार एक लाख नगद र कदरपत्रसहित सम्मान गरेको हो। प्रतिष्ठानले रानालाई सृजनाका माध्यमबाट नेपालका तराई/मधेश क्षेत्रमा बोलिने मातृभाषा (रानाथारु) साहित्यको समृद्धिमा पुगाएको विशिष्ट योगदानवापत सम्मान गरिएको जनाएको छ।

Galaxy

रानालाई राष्ट्रिय मातृभाषा कविता महोत्सवमा प्रमुुख अतिथि समेत रहेका संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री पाण्डे र प्रतिष्ठानका कुलपति भुपाल राईले नगदसहित सम्मान गरेका हुन्। राना हालै भूमि सम्बन्धी समस्या समाधान आयोग कैलालीको विज्ञ सदस्यमा नियुक्त भएका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार