काठमाडौँ : तनहुँको भानु नगरपालिकाले आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा ८) को परीक्षा एसईई मोडलमा सञ्चालन गर्ने भएको छ। त्यसका लागि नगरपालिकाको शिक्षा, युवा तथा खेलकुल शाखाले समयतालिका र केन्द्र विवरण सार्वजनिक गरेको छ।
आधारभूत तह उत्तीर्ण परीक्षा समितिको आजको निर्णयानुसार शैक्षिक सत्र २०८१ को वार्षिक परीक्षा कक्षा ८ परीक्षा समयतालिका र परीक्षा केन्द्र सार्वजनिक गरिएको हो। परीक्षा आगामी चैत १३ गते बुधबारदेखि सुरु हुने तालिका छ।
![](https://media.eservicesnepal.com/call24news.com/uploads/2025/02/student-1024x512.jpg)
पालिकाको शिक्षा शाखाले परीक्षालाई मर्यादित, व्यवस्थित, विश्वसनीय र स्तरीय बनाउने उद्देश्यले यसपटक होमसेन्टरको व्यवस्था हटाई एसईई परीक्षाको मोडलमा परीक्षा लिने गरी केन्द्र निर्धारण गरिएको बताएको छ।
![](https://himalpress.com/wp-content/uploads/2025/02/1-14.jpg)
![](https://himalpress.com/wp-content/uploads/2025/02/2-14.jpg)
![](https://himalpress.com/wp-content/uploads/2025/02/3-15.jpg)
प्रतिक्रिया दनुहोस्