डडेल्धुरा अस्पतालमा दरबन्दी राखेर अरु ठाउँमा काम गर्ने डाक्टरलाई फिर्ता बोलाइने

डडेल्धुरा : डडेल्धुरा अस्पतालमा दरबन्दी राखेर अरु ठाउँमा काम गर्ने डाक्टरलाई फिर्ता बोलाइने भएको छ । सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेले डडेल्धुरा अस्पतालमा दरबन्दी रहेका तर अन्यत्र बसेका डाक्टरहरूलाई फिर्ता बोलाइने बताएका छन् । साथै, फिर्ता नभए कारबाही गरिने चेतावनी दिए ।

उनले डडेल्धुरा अस्पतालमा दरबन्दी भएपनि विशेषज्ञ चिकित्सकहरू टिक्न नसक्नुको कारण राजनीतिक दबाबको अभाव रहेको आरोप लगाए ।

khadya

सचिव पोखरेलका अनुसार अन्यत्र राजनीतिक दबाब बढी हुँदा चिकित्सकहरू डडेल्धुरा आउन नमान्ने प्रवृत्ति देखिएको छ । उनले अस्पतालको सेवा प्रवाह सुधार गर्न तीनसय बेडको अस्पतालका लागि सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण ९ओएनएम० गरी फाइल अर्थ मन्त्रालयमा पठाइएको जानकारी गराए । तर, अर्थ मन्त्रालयले उक्त फाइल रोकिरहेको उनले उल्लेख गरे ।

हाल १७ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि अधिकांश पद रिक्त छन्। अस्पतालका निमित्त प्रमुख डा नरेन्द्र कुमार खनालका अनुसार नेपाल सरकारको छात्रवृत्ति तथा करार गरी हाल ११ जना मात्र विशेषज्ञ चिकित्सक छन् । त्यस्तै, १८ जना मेडिकल अफिसरको दरबन्दी भए पनि हाल सात जना मात्र कार्यरत छन् ।

स्टाफ नर्सको दरबन्दी ३२ जना भए पनि पछिल्लो करार प्रक्रिया मार्फत ४४ जना कार्यरत छन् । अन्य प्राविधिक स्वास्थ्यकर्मीको पनि अस्पतालमा अभाव रहेको प्रमुख खनालले बताए ।

डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणा कर ओझाले स्वास्थ्य मन्त्रालयलाई पटकपटक स्थायी दरबन्दीमा विशेषज्ञ चिकित्सक पठाउन अनुरोध गरिए पनि हालसम्म समाधान नभएको बताए । उनले अस्पतालका समस्या समाधानका लागि पटकपटक काठमाडौं धाउँदा पनि ठोस नतिजा नआएको गुनासो गरे ।

सोमबार डडेल्धुरा अस्पताललाई जर्मन सरकारको आर्थिक सहयोग अन्तर्गत केडब्लुएफको प्राविधिक सहयोगमा निर्माण गरिएको स्टाफ नर्स र चिकित्सक निवास हस्तान्तरण गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार