डोटी : डोटीमा एक जनाको घरमा आगलागी भएको छ। जिल्लाको केआई सिहँ गाउँपालिका–३ झिगा बस्तीका बाजी भुलको दुई तले ४ कोठे घरमा आइतवार बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
घरमा बिहानको खाना पकाउने क्रममा आगलागी भएको हो। उक्त आगलागी बाट भुलको करिब २ लाख, ५० हजार बराबरको क्षति भएको जनाइएको छ। आगलागी नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दनुहोस्