हुम्लास्थित महतारा गाउँकी असली महतारालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार

हुम्ला : हुम्लाको अदानचुली गाउँपालिका–२ स्थित महतारा गाउँकी असली महतारालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

३१ वर्षकी महतारा सुत्केरी हुने समय नपुग्दै ८ महिनाको अवधीमा हिजो बिहानदेखि उच्च रत्तश्राप भएपछि आज माघ २४ गते दिउसो कर्णाली प्रदेश राजधानी सुर्खेतमा उद्धार गरिएको श्रीनगर स्वास्थ्य चौकीका अहेब अशोक महताराले जानकारी दिए ।

Seti Hospital

महतारालाई माघ २३ गते बिहान ५ बजेबाटै सुत्केरी ब्याथा लागेपनि सहज रुपमा बच्चा जन्माउन नसकेर निरन्तर रगत धेरै बगिरहेकाले अदानचुली गाउँपालिकाको स्वास्थ्य शाखा र स्वास्थ्य सेवा कार्यालय सिमकोटको समन्वयमा राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत हेलिकोप्टरमार्फत हवाई उद्धार गरिएको अदानचुलीको स्वास्थ्य शाखा प्रमुख विनोद बुढाले जानकारी दिए ।

अदानचुलीको गल्फागाडमा बस्दै आएका अदानचुली गाउँपालिका वडा नम्बर २ का लोकेन्द्र महताराकी श्रीमती असली महतारालाई बुधबार बिहानै देखि ब्याथा लागेको बताइएको छ ।

स्वास्थ्य चौकीलाई हिजो राती ९ बजे मात्र जानकारी आएको र जानकारी आएलगत्तै श्रीनगरबाट गाडि मार्फत श्रीनगर स्वास्थ्य चौकीमा ल्याई रातभर उपचार गर्दा पनि सम्भब नभएपछि अन्यत्र रिफर गरी सम्बन्धीत निकायलाई जानकारी गराएपछि बिहिबार हवाई उद्धार गरिएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार