‘बलिदान’ गीत राख्दै बालेनले गरे सामाजिक सञ्जाल विधेयकको विरोध !

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जाल विधेयकप्रति संकेतपूर्ण असहमति जनाउँदै फेसबुकमा आफ्नो पुरानो गीतको भिडिओ सार्वजनिक गरेका छन् ।

बालेनले काठमाडौं महानगरको प्रमुखमा उम्मेदवारी दिएका बेला सुरजसिंह ठकुरीको ‘इट्स माइ शो’ कार्यक्रममा बलिदान फिल्मको गीत गाएका थिए ।

khadya

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनसँगै सो कार्यक्रममा सहभागी भएका बालेनले आफ्नै शैलीमा प्रस्तुत गरेको उक्त गीत चुनावी प्रचारप्रसार र जितका लागि प्रभावकारी बनेको चर्चा हुने गरेको छ ।

हालै संसदमा दर्ता भएको सामाजिक सञ्जाल विधेयकमा अभिव्यक्ति स्वतन्त्रताको हनन गर्ने तथा सरकारको आलोचनालाई दबाउनेगरी प्रावधान राखिएको भन्दै आलोचना भइरहेको छ । यही सन्दर्भमा बालेनले आफ्नो पुरानो भिडिओ शेयर गर्दै विधेयकप्रति असहमति जनाएको अनुमान गरिएको छ ।

आफ्ना अधिकांश पोस्टमा क्याप्सन लेख्ने बालेनले यसपटक कुनै टिप्पणी नगरी भिडिओ मात्रै शेयर गरेका छन् ।

यस्तो छ बालेनले शेयर गरेको गीतको अंशः

मलाई बोल्न दे, सरकार, अपराध हैन
मन खोल्न दे, दरबारको म सराप हैन
मन खराब छैन, सही बोल्न डरउँदैन
कानुन पो लाग्छ कि? आवाज उठाउँदैमा

बलिदानको गीतामा मेरो शब्दको सलामी
गाउँ-गाउँ बाट उठ युवा कलम थामी
सोर्है आना सही कुरा, सुन सोची साराले
भुमरीमा भौतारी भविष्य अभिभाराले

के हुन्छ एउटा नाराले, त्यो सपनाको सहाराले
के भन्न पो बाँकी छ, बुद्ध नै साँची छ
कोपिला मास्दा के फुल्छ त्यो डालीमा?
आँसु र रगत लुकेको छ लालीमा

हाँसोमा बारुदको गन्ध, सधैँको द्वन्द्व
कहाँ खोजौँ शान्तिको सन्देश, कवितालाई छन्द
पवित्र छ मन त, धेरै छ नि भन्न
कुरा सुख-दुखको, मुखै भो बन्द

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार