बाजुरामा तत्काल ब्लड बैंक स्थापना गर्ने निर्णय

बाजुरा : बाजुरामा ब्लड बैंक स्थापना गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराको आयोजनामा बसेको सरोकारवालाहरुको बैठकले जिल्लामा तत्काल ब्लड बैंक स्थापना गर्ने निर्णय गरेको हो ।

त्यसो त यही पुस २१ गते सामाजिक विकास मन्त्रालय र नेपाल रेडक्रस सोसाईटी बाजुराबिच ब्लड बैंक स्थापनाका लागि सम्झौता भैसकेको छ । सोमबारको छलफलले छिट्टै ब्लड बैङ्क स्थापना गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायाले बताए ।

khadya

ब्लड बैङ्क स्थापनाका लागि आवश्यक पर्ने रेफ्रिजेरेटर मर्मत गरी चालु गर्नका लागि स्वास्थ्य कार्यालयलाई अनुरोध समेत गरिएको उनले बताए । ब्लड बैङ्क स्थापना गरी सञ्चालनमा ल्याउनका लागि आवश्यक पर्ने सामाग्री र कर्मचारीहरू जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय बाजुरा र नेपाल रेडक्रस सोसाईटी बाजुराले एक आपसमा समन्वय गरी व्यवस्था मिलाउनुपर्ने बताईएको छ ।

बैठकमा जिल्ला स्थित क्रियाशील राजनैतिक दलहरूका प्रतिनिधि, स्वास्थ्य क्षेत्रका प्रमुख, सुरक्षा निकायका प्रमुख लगायत सरोकारवाला सबै पक्षको उपस्थिति रहेको थियो । बाजुरामा ब्लड बैङ्क नहुँदा रगत अभाव हुने सुत्केरी महिला र अरू बिरामीका लागि निकै समस्या हुने गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार