कञ्चनपुरको एउटा उखुबारीमा आगलागी, करिब ३ लाख रुपैया भन्दा बढीको क्षती

कञ्चनपुर : कञ्चनपुरको एउटा उखुबारीमा आगलागी भएको छ । शनिबार साँझ जिल्लाको शुक्लाफाँटा नगरपालिका– १२ का बमनुराम रानाको उखुबारीमा आगलागी भएको हो । १० कट्टा जमिनमा लगाईएको उखुबारीमा आगलागी हुँदा करिब ३ लाख रुपैया भन्दा बढीको क्षती भएको पिडित बमनुराम रानाले बताएका छन ।

समुहबाट ऋण लिएर गरेको उखुखेती सबै जलेर नष्ट भएको उनले बताए । उनले आफूले उखु काट्नका लागि मिलबाट अनुमती लिएर आएको र दुई दिनभित्र काट्ने तरखर गरेका बेला उक्त घटना घटेको बताए ।

छिमेकी मोतिराम रानाले नजिकै रहेको आफ्नो बारीमा रहेका उखुका पात जलाउने क्रममा बमनुको बारीमा आगलागी भएको शुक्लाफाँटा–१२ वडाध्यक्ष नवलसिंह रानाले बताएका छन । उखुबारीमा आगलागी भएको जानकारी पाएपछि स्थानीय बासिन्दाले आगो निभाएका थिए । अन्य किसानको उखु भने आगलागी हुनबाट जोगिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार