भारत । भारतको हिमाञ्चल प्रदेशको मणीकर्ण उपत्यकाको पिनी गाउँका महिलाले वर्षको पाँच दिन लुगा नै लगाउँदैनन् ।
शताब्दियौंदेखि चल्दै आएको परम्परा अनुसार यहाँका महिलाहरु वर्षको पाँच दिन निवस्त्र हुन्छन ।
उक्त पाँच दिनको अवधिभर उक्त गाउँमा बाहिरका मान्छेहरुलाई प्रवेश गर्न दिईदैन । यो प्रचलनलाइ पिनीका स्थानीयले कडाईका साथ मान्दै आएका छन् ।
यस अवधिभर महिलाहरु घरबाट बाहिर निस्किदैनन र मदिरा र मांसाहारी खाना सेवन पनि गर्दैनन् ।
यस्तै यो समयमा श्रीमान-श्रीमती एकअर्कासंग बोल्दैनन र एकअर्कालाई देखेर हाँस्न पनि पाउँदैनन । यी नियमहरुको पालना नगरे महिलालाई नराम्रो हुन्छ भन्ने मान्यता छ ।
प्रतिक्रिया दनुहोस्