६ दिनपछि अस्पतालबाट डिस्चार्ज भए क्रिकेटर सन्दीप

काठमाडौं : हर्नियाको शल्यक्रिया गराएका क्रिकेटर सन्दीप लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन् । सिल्भर लाइन अस्पतालले आज उनलाई घर पठाएको हो । 

सन्दीपले गत ९ गते सो अस्पतालमा हर्नियाको शल्यक्रिया गराएर स्वास्थ्यलाभ गरिरहेका थिए । हाल उनको अवस्था सुधारोन्मुख रहेको अस्पतालका प्रवन्धक डा। अभिषेकराज सिंहले बताए । यही गतिमा रिकभर भएमा सन्दीप दुई–तीन हप्ता पछि नै मैदान फर्किन सक्ने उनको भनाइ छ ।

Seti Hospital

सिल्भरलाइन अस्पतालमा शल्यचिकित्सक डा। दिपक शर्मा नेतृत्वको टोलीले सन्दीपको शल्यक्रिया गरेको थियो । सन्दीप करिब ४ वर्षदेखि हर्नियाको समस्याबाट पीडित भइरहेका थिए । बीचमा मुद्दा मामिला र खेलको व्यस्तताले उनले शल्यक्रिया गराउन भ्याएका थिएनन् ।

अहिले खाली समय पारेर उनले शल्यक्रिया गरेका हुन् । अस्पतालले विज्ञप्ति जारी गर्दै सन्दीपलाई शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ । आज डिस्चार्ज हुने क्रममा नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष रोशन सिंह अस्पतालमा पुगेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार