अछाममा किशोरी मृत्यु प्रकरणः छानबिनका लागि गृहमन्त्रीलाई बुझाईयो ध्यानाकर्षण पत्र

अछाम : अछाममा दुई किशोरीको मृत्यु भएको घटनाबारे छानबिन गर्न गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षण पत्र बुझाईएको छ। जिल्लाका ३ जना जनप्रतिनिधिहरुले गृहमन्त्री लेखककै निवासमा पुगेर घटनाको सत्यतथ्य छानबिन गरिदिन भन्दै ध्यानाकर्षण पत्र बुझाएका हुन।

ध्यानाकर्षण पत्र बुझाउनेमा पूर्वमन्त्री तथा अछाम १ का सांसद शेरबहादुर कुँवर, अछाम २ का सांसद पुष्पबहादुर शाह र पन्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउने रहेका छन। गृहमन्त्री लेखकले आफुले सुरुवात देखी नै घटनालाई गम्भीरतापुर्वक लिएको बताएको नगरप्रमुख अम्बिका चलाउनेले जानकारी दिईन।

Seti Hospital

उनले त्यसका साथै घटनाको छानबिनका लागि प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान थालेको समेत बताईन। जिल्लाको ढकारी गाउँपालिका–८ का १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया इशरा खड्काको गाउँपालिकाकै वडा नम्बर १ स्थित सुनघर सामुदायिक वनमा शनिबार बेलुकी शव फेला परेको थियो। शवको भेरी प्रादेशिक अस्पताल नेपालगन्जमा पोस्टमार्टम भइरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार