अछाम : अछाममा सँगै मृत फेला परेका दुई जना किशोरीको घटनामा प्रहरीले ‘स्निफर’ कुकुर मगाएर अनुसन्धान थालेको छ । घटना शंकास्पद देखिएकाले अनुसन्धानका लागि तालिमप्राप्त ‘स्निफर’ कुकुर मगाएको प्रहरीले बताएको छ ।
शनिबार राती जिल्लाको ढकारी गाउँपालिका –८, पल्साता निवासी १४ वर्षकी ईश्वरी खड्का र १५ वर्षकी सरस्वती खड्काको शव क्षतविक्षत अवस्थामा फेला परेको थियो । अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले बाख्रा चराउन गएका २ किशोरी मृत फेला परेको जानकारी दिए । भण्डारीका अनुसार दुवै किशोरीको शव अन्दाजी १५–१६ मिटरको दुरीमा भेटिएको छ ।
शुक्रबारदेखि एकाएक हराएका उक्त युवतीहरु गाउँपालिकाकै वडा नं. १ मा रहेको छिन्ने जंगलमा मृत फेला परेका थिए । मृतक दुवै जना किशोरी नाताले फुपू–भदै हुन् । उनीहरू शुक्रबार दिउँसो बाख्रा चराउन छिन्ने जंगल गएका थिए ।
प्रतिक्रिया दनुहोस्