अछाममा बाख्रा चराउन गएका दुई किशोरी मृत अवस्थामा भेटिए !

अछाम : बाख्रा चराउन गएका दुई किशोरी जंगलमा मृत अवस्थामा भेटिएका छन् । ढकारी गाउँपालिका –८, पल्साता निवासी १३ र १५ वर्षीया दुई किशोरीको शव क्षतविक्षत अवस्थामा फेला परेको बताइएको छ । 

स्थानीय षोडशा सामुदायिक वनमा शुक्रबार बाख्रा चराउन गएका दुई किशोरीलाई खोजी गर्ने क्रममा मृत अवस्थामा भेटिएको स्थानीय रामबहादुर भण्डारीलाई उदृत गर्दै बालाराम ढकालले जानकारी दिए ।

khadya

दुई किशोरी जंगलमा मृत अवस्थामा भेटिएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए । 

घटना बारेमा आफूले भर्खरै जानकारी पाएर धनगढीबाट गाउँ फर्किरहेको उपचारमा जानुभएका ढकारी गाउँपालिका अध्यक्ष प्रकाशबहादुर साउँदले जानकारी दिए । ‘घटना विभत्स खालको भन्ने छ, दुईटाको लाश २० मिटरको फरकमा छ भन्ने आएको छ’ अध्यक्ष साउँदले बताए । 

घटनास्थलमा प्रहरी पुगिसकेको भए पनि राति अनुसन्धान हुन नसक्ने भन्दै बिहानै प्रमुख जिल्ला अधिकारीसहितको टोली घटनास्थलमा जान तयारी अवस्थामा रहेको भण्डारीको भनाइ छ । उक्त वडाको अधिकांश स्थानमा टेलिफोन सम्पर्कको अभावमा थप विवरण आउन बाँकी छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार