काठमाडौं : सशस्त्र प्रहरी बल, नेपालले एकैपटक ९० सशस्त्र प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ। सशस्त्र प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णय अनुसार उनीहरुको सरुवा गरिएको हो। जसमा सुदूरपश्चिमका पनि कैलाली, कंचनपुर र दार्चुलासहित विभिन्न स्थानका एसपीहरुको पनि सरुवा गरिएको छ।
प्रशासनिक दृष्टिकोण एवं आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकाले फागुन १ गतेदेखि हाल सरुवा गरिएको कार्यालयबाट तलब भत्ता तथा राशन पाउने गरी एसपीहरुको सरुवा गरिएको सशस्त्र मुख्यालयले जनाएको छ।
प्रतिक्रिया दनुहोस्