बैतडी : बैतडीको पाटनस्थित भीमदत्त बहुप्राविधिक शिक्षालयमा कार्यरत एक कर्मचारी मृत फेला परेका छन । शिक्षालयमा कृषि सहायक प्रशिक्षक पदमा कार्यरत बिष्ट शुक्रबार बुटवलको एक सामुदायिक बनमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन ।
उपचारका लागि काठमाण्डौं गएका बिष्ट बैतडी फर्कने क्रममा बुटवल उपमहानगरपालिका–७ शिवनगरस्थित सामुदायिक वनमा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
बैतडीकै दोगडाकेदार गाउँपालिका–८ कालागाउँ घर भएका २५ बर्षीय बिष्ट केही दिन अघिमात्रै उपचारका लागि भन्दै काठमाण्डौं गएका थिए । घटनाका बिषयमा निष्पक्ष छानबीन गरिदिन परिवारजनले आग्रह गरेका छन् । मृतक बिष्टका घरमा श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।
प्रतिक्रिया दनुहोस्