धनगढी : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले मधेस प्रदेशको पूर्वी भू-भागमा तथा कोशी प्रदेशको तराई भू-भागमा मन्द शीतलहरको अवस्था रहेको छ।
बाँकी तराईका धेरै स्थानहरूमा पनि हुस्सु तथा कुहिरो लागेको छ। पहाडी र हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। आज कोशी प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ। अन्य प्रदेशमा मुख्यतया मौसम सफा रहने छ।
मधेस प्रदेशको पूर्वी भूभाग (सप्तरी) तथा कोशी प्रदेश को तराई भू-भागमा (झापा, मोरङ र सुनसरी) मा मन्द शीतलहरको अवस्था रहेको र बाँकी तराईका धेरै स्थानहरूमा पनि हुस्सु तथा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, शिक्षा, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्रतिक्रिया दनुहोस्