भारतको पिथौरागढमा काम गर्दै आएका बैतडी सिगासका युवक भीरबाट लडेर निधन

Call24News

धनगढी : धनगढी घर भएका एक युवकको भीरबाट लडेर भारतमा निधन भएको छ । जिल्लाको सिगास गाउँपालिका–८ लुपुण मल्लाडौडका २८ बर्षीय प्रेमसिंह बोहराको भीरबाट लडेर मृत्यु भएको स्थानीय सूर्यबहादुर बोहराले बताए ।

भारतको पिथौरागढमा काम गर्दै आएका बोहरा मंगलबार साँझ ५ बजेतिर काम सकेर कोठातर्फ फर्कने क्रममा भीरबाट लडेका थिए । भीरको बाटोबाट लडेका बोहरा करीब १५० मिटर तल खसेका थिए ।

khadya

भीरबाट लडेर गम्भीर घाइते भएका बोहरालाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ ।

करीब डेढ महिना पहिलामात्रै रोजगारीका लागि भारतको पिथौरागढ गएका बोहराको उतै मृत्यु भएपछि घरपरिवारको विचल्ली भएको छ । मृतक बोहराको घरमा श्रीमती र चार जना छोराछोरी रहेका छन् । त्यस्तै उनका आमा–बुवा छोराको मृत्युको खबरले विक्षिप्त बनेका स्थानीय सूर्यबहादुर बोहराले बताए ।

घरको जेठो र कमाउने छोराको भारतमा निधन भएपछि परिवार शोकमा डुबेको बोहराले बताए । गाउँको युवा परदेशमा अस्ताएपछि लुपुण गाउँ शोकमा डुबेको छ ।

बैतडीको विभिन्न स्थानका नागरिकहरुको मौसमी रोजगारीको खोजीमा भारतको झुलाघाट, पिथौरागढ लगायतका क्षेत्रमा जाने गर्दछन् । हिउँदको समयमा भारतीय क्षेत्रमा काम गरेर उनीहरु बिसुका लागि घर फर्कने गरेका छन् ।

रोजगारीका लागि सीमावर्ती भारतीय क्षेत्रमा काम गर्नेहरुमध्ये कतिपयले अकालमै ज्यान गुमाउने गरेको बोहराले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार