चेकजाँचको क्रममा कञ्चनपुरबाट दुई जना लागूऔषधसहित पक्राउ

Call24News

कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगर बजारमा शङ्कास्पद चेकजाँचको क्रममा दुई जना लागू औषध सहित पक्राउ परेका छन्।

आइतबार साँझ भीमदत्त नगरपालिका – ४ स्थित महेन्द्रनगर बजारमा प्रहरी टोलीले शङ्का लागि चेकजाँच गर्दा भीमदत्त नगरपालिका – ७ का २८ वर्षीय सागर जोशी भीमदत्त नगरपालिका – ६ का २७ वर्षीय नीरज बहादुर चन्द पक्राउ परेका हुन ।

Seti Hospital

प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार जोशीको साथबाट १३० मिलिग्राम लागू औषध खैरो हेरोइन  र चन्दको साथबाट ३ ग्राम ११० मिलिग्राम लागू औषध सहित पक्राउ गरिएको छ । उनीहरूलाई वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार