अछाममा जंगली बँदेलको आक्रमण, एक युवती घाइते

Call24News

अछाम: अछाम जिल्लाको साँफेबगर नगरपालिका–११, देबिस्थानमा जंगली जनावर बँदेलको आक्रमणबाट एक युवती घाइते भएकी छिन्।

माघ ५ गते दिउँसो १:३० बजेको समयमा १८ वर्षीया सुस्मिता धामी बाख्रा चराउन घर नजिकैको घुसुल्ले जंगलमा गएकी थिइन्। उक्त क्रममा जंगली बँदेलले उनलाई आक्रमण गरी घाइते बनाएको प्रहरीले जनाएको छ।

Seti Hospital

घटनापछि उनलाई स्थानीयले उद्धार गरी साँझ ६:०० बजेको समयमा बयलपाटा अस्पताल पुर्‍याएका थिए। अस्पताल स्रोतका अनुसार सुस्मिताको टाउको र दाहिने खुट्टाको तिघ्रामा चोट लागेको छ भने उनको स्वास्थ्य अवस्था मध्यम रहेको छ।

घाइते युवतीको उपचारका लागि उनका काका टिकराम धामी साथमा रहेका छन्। घटनास्थल जिल्ला प्रहरी कार्यालय, अछामअन्तर्गत इलाका प्रहरी कार्यालय घुघुरकोटबाट करिब १४ किलोमिटर उत्तरमा पर्ने जनाइएको छ।

यस किसिमका जंगली जनावरका आक्रमणहरू रोक्न तथा सुरक्षित उपायहरू अपनाउन स्थानीय तह र सरोकारवालाहरूले चाँडो पहल गर्नुपर्ने आवश्यकता देखिएको छ।

जंगली जनावरको जोखिम हुने स्थानमा सावधानी अपनाउन तथा यस्ता घटनाको सूचना तत्काल प्रहरीलाई दिन जिल्ला प्रहरी कार्यालय, अछामका प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले आग्रह गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार