भारतको उत्तराखण्ड राज्यको राजधानी देहरादुनमा नेपाली महोत्सव हुने !

कञ्चनपुर : कञ्चनपुर उद्योग वाणिज्य संघले भारतको उत्तराखण्ड राज्यको राजधानी देहरादुनमा महोत्सव आयोजना गर्ने भएको छ। अहिले त्यहाँ लाग्ने अन्तर्राष्ट्रिय व्यापार मेला र पर्यटन महोत्सवको तयारीलाई तीव्र बनाइएको छ।

संघका अध्यक्ष पिताम्बर जोशीको नेतृत्वमा गएको प्रतिनिधि टोलीले २०८१ माघ ३ गते देहरादुनमा विभिन्न संस्थाहरूसँग बैठक तथा अन्तरक्रिया गरेको छ। उक्त अन्तरक्रियामा आगामी मेलामा भारतीय उद्योगी व्यवसायीहरूको सहभागीता सुनिश्चित गर्न आग्रह गरिएको थियो।

SHIKHAR COOL TECH

संघका अध्यक्ष जोशीका अनुसार, व्यापार मेला र पर्यटन महोत्सवले दुई देशका उद्योग, व्यापार, र पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्न सहयोग पुर्‍याउने विश्वास लिइएको छ। कार्यक्रममा नेपाली र भारतीय उद्योगी व्यवसायीहरूको सशक्त सहभागिता गराउने उद्देश्यले तयारीलाई तीव्र बनाइएको बताइएको छ।

यो महोत्सवले नेपाल-भारतबीचको आर्थिक, सांस्कृतिक, र पर्यटन सम्बन्धलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार